२०८२, २९ चैत्र आइतबार | Sun Apr 12 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

भारतमा थप ३२ सय ७ जनामा कोरोना संक्रमण, २९ को मृत्यु



थप १७ जनामा कोरोना संक्रमण, २१ कोरोनामुक्त
१७ जना कोरोना संक्रमित थपिँदा, २१ संक्रमणमुक्त
१५ हजार नवजात शिशुमध्ये एक जनामा रेटिनोब्लास्टोमा
थप १४ जनामा कोरोना पुष्टि
चितवनको एउटै फार्मको एक लाख १६ हजार कुखुरामा बर्डफ्लु
नयाँ दिल्ली स् भारतमा पछिल्लो २४ घन्टामा थप ३२ सय ७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। सोही अवधिमा कोरोनाबाट थप २९ जनाले ज्यान गुमाएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। सोमबार थप ३४ सय १० जना कोरोनामुक्त भएका छन्।

भारतमा हाल कोरोना सक्रिय संक्रमितको संख्या २० हजार ४०० रहेको छ।

कोरोना संक्रमण दर तीव्र बढेपनि अस्पताल भर्ना हुने र मृत्यु हुनेको संख्या न्युन रहेको मन्त्रालयले जनाएको छ। भारतका पाँच राज्यमा कोरोना संक्रमण तीव्ररुपमा फैलिरहेको बताइएको छ। दिल्ली,महाराष्ट्र,कर्नाटक, राजस्थान, उत्तर प्रदेश र केरलामा संक्रमण दर उच्च पाइएको हो।

सबैभन्दा एक्टिभ केस दिल्लीमा छन्। स्वास्थ् मन्त्रालयका अनुसार दिल्लीमा मात्रै ६ हजार बढी एक्टिभ केस छन्।

प्रकाशित मिति : २०७९, २६ बैशाख सोमबार ००:००  ३ : ५६ बजे