दाङमा एमालेबाट वडा अध्यक्षमा चुनाब लडेका उम्मेदवारको मृत्यु भएको छ । तुलसीपुर उपमहानगरपालिका वडा नं। १७ मा एमालेबाट वडा अध्यक्षका उम्मेदवार रहेका लवरु चौधरीको गएराति मृत्यु भएको हो । ५३ बर्षीय चौधरी मिर्गौला, कलेजोको समस्या रहेको बताएको छ ।
चुनाब प्रचारकै क्रममा विरामी परेपछि उनलाई उपचारका लागि २ पटक नेपालगञ्ज स्थित भेरी अस्पतालमा लगिएको थियो । त्यहाँ पनि उपचार हुन नसेकेपछि थप उपचारको लागि काठमाडौंको टिचिङ अस्पतालमा लगिएको थियो । जहाँ गएराति उनको मृत्यु भएको एमाले तुलसीपुरका अध्यक्ष माधव वलीले बताए । उनले यसअघिको कार्यकाल तुलसीपुर १७ को वडा सदस्य भएर काम गरेका थिए ।











