२०८३, ७ असार आइतबार | Sun Jun 21 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सुनवलका निवर्तमान प्रमुख द्वारा तलब भत्ता बापत लिएको १८ लाख बढि रकम फिर्ता



सुनवलका निवर्तमान प्रमुख थापाद्वारा तलब भत्ता बापत लिएको १८ लाख बढि रकम नगरपालिकामा फिर्ता

सुनवल नगरपालिकाका संस्थापक नगर प्रमुख भिमबहादुर थापा क्षेत्रीले विभिन्न किसिमका सुविधा र भत्ताहरु फिर्ता गरेका छन् । क्षेत्रीले ती सुविधा र भत्ता मार्फत प्राप्त हुने रकम नगरपालिकाको संचीत कोष र दैनिक प्रकोप उद्दार विशेष कोषमामा फिर्ता गराएका हुन् ।

आफ्नो कार्यकाल अवधीभर प्राप्त हुने सुविधा र भत्ता फिर्ता गरेको नगर कार्यपालिकाका प्रमुख प्रशासकीय अधिकृत अशोक कोईरालाले एक सुचना मार्फत जानकारी दिए ।

फिर्ता गरिएको रकमको विवरण अनुसार क्षेत्रीले मासिक सुविधा अन्तर्गत प्राप्त हुने रकम १४ लाख ८६ हजार २३०, दैनिक भ्रमण भत्ता १ लाख ४१ हजार ३ सय ७४ र बैठक भत्ता २ लाख २३ हजार ८ सय २० कार्यकाल अवधीभरको रकम फिर्ता गरिएको बताईएको छ ।

प्रकाशित मिति : २०७९, २७ बैशाख मंगलबार ००:००  १ : ०५ बजे