काठमाडौं । खोटाङमा चार जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा गरिएको परीक्षणका क्रममा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिमा ३ जना र ऐंसेलुखर्क गाउँपालिकाका एक जना गरी चार जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
संक्रमित हुनेहरुमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका वडा नम्बर–१४ बुईपाकी २५ वर्षीया महिला, २ नम्बर वडा सोल्माका १८ र ३८ वर्षीय पुरुष र ऐंसेलुखर्क गाउँपालिका वडा नम्बर – १ की ३० वर्षीया महिलामा कोरोना संक्रमण पुष्टि भएको हो ।
संक्रमितहरु एक जना भारतबाट र अन्य तीन जना तेस्रो मुलुकबाट आएकाहरु छन् ।