२०८३, २४ जेष्ठ आइतबार | Sun Jun 7 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

इन्जिनमा समस्या देखिएपछि श्री एयरलाइन्सको जहाज आकस्मिक अवतरण



धनगढी उडेको श्री एयरलाइन्सको विमान इन्जिनमा समस्या देखिएपछि काठमाडौं फिर्ता भएको छ । बायाँतर्फको इन्जिनमा समस्या देखिएपछि इन्जिन सटडाउन गरेर काठमाडौंमा आकस्मिक अवतरण गरिएको त्रिभुवन विमानस्थल नागरिक उड्ययन कार्यालयका प्रवक्ता टेकनाथ सिटौलाले बताए ।

२५ माइलमा पुगेपछि उडान नम्बर–२२३ विमानको इन्जिनमा समस्या देखिएको थियो । ८७ जना यात्रु बोकेको जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ल्याण्ड गरिएको छ । अहिले जहाजको प्राविधिक परीक्षण भइरहेको छ ।

प्रकाशित मिति : २०७९, २८ बैशाख बुधबार ००:००  १२ : ४६ बजे