२०८३, २८ जेष्ठ बिहिबार | Thu Jun 11 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

माओवादी केन्द्रका उम्मेदवारलाई विजयी गराउन अध्यक्ष प्रचण्डको आग्रह



नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले स्थानीय तहको निर्वाचनमा माओवादी केन्द्र र माओवादी केन्द्रका उम्मेदवारलाई विजयी गराउन आग्रह गरेका छन् । मौन अवधिको पूर्वसन्ध्यामा अध्यक्ष प्रचण्डले भिडियो सन्देशमार्फत शुक्रबार हुने स्थानीय तहको निर्वाचनमा माओवादी केन्द्र र माओवादी केन्द्रका उम्मेदवारलाई विजयी गराउन आग्रह गरेका हुन् ।

संविधान जारी पछि नेपालमा दोस्रो स्थानीय तहको निर्वाचन हुन गइरहेको बताउँदै उनले परिवर्तनका, संविधान, गणतन्त्र र संघीयताका पक्षधरलाई विजय गराउन समेत अपिल गरे ।

संविधानसभाबाट संघीय लोकतान्त्रिक, गणतन्त्र, समावेशी र समानुपातिक प्रणाली स्थापित गर्नको लागि माओवादी केन्द्रले संघर्ष र बलिदान गरेको भन्दै अध्यक्ष प्रचण्डले माओवादी केन्द्रका उम्मेदवारलाई विजयी गराउन आग्रह गरेका हुन् ।

प्रकाशित मिति : २०७९, २८ बैशाख बुधबार ००:००  १ : ०१ बजे