ओखलढुंगा । ओखलढुंगाको मोलुङ गाउँपालिका ७ पात्लेमा एमालेको प्यानल नै विजयी भएको छ । वडाअध्यक्षमा हेमबहादुर सुनुवारसहित सबै एमालेका उम्मेदवार विजयी भएका हुन् ।
हेम सुनुवारको व्यक्तिगत लोकप्रियता र एमालेको गढ मानिने मोलुङ ७ मा एमालेका उम्मेदवारले दोब्बर मतान्तरले चुनाव जितेका छन् ।
वडाअध्यक्षमा हेम सुनुवारले ४४५ मत ल्याउँदा कांग्रेसका उम्मेदवारले २६९, नेकपा एसका उम्मेदवारले २१ र माओवादीका उम्मेदवारले १५ मत ल्याएका छन् ।
२०७४ को निर्वाचनमा लोकप्रिय मत ल्याएर विजयी भएका सुनुवार ५ वर्षपछि फेरि दोस्रो कार्यकालका लागि निर्वाचित भएका छन् ।












