ओखलढुंगा । ओखलढुंगाको सुनकोशी गाउँपालिकामा नेपाली कांग्रेसका उम्मेदवारले अग्रता कायम राखेका छन् । १० वटा वडा रहेको सुनकोशीमा ३ वटा वडाको मतगणना सकिँदा एमाले भन्दा कांग्रेसका उम्मेदवार अगाडी छन् ।
गाउँपालिका अध्यक्षमा कमल तामाङको १७८२ र उपाध्यक्षमा कांग्रेसकै सुनिता अधिकारीको १७९५ मत आएको छ । अध्यक्षमा एमालेका उम्मेदवार सुनिल खड्काको १३८६ र उपाध्यक्षमा एमालेका उम्मेदवार तारा कार्कीको १२९० मत आएको छ ।
वडा तहमा सुनकोशी १ र २ मा कांग्रेसले जितेको छ । यो क्षेत्र एमालेका अध्यक्षका उम्मेदवार खड्काको गाउँ हो । २०७४ मा यि दुवै वडा एमालेले जितेको थियो ।
सुनकोशी १० मा एमालेले जितेको छ । २०७४ मा यो वडा नेपाली कांग्रेसले जितेको थियो ।
सुनकोशी २ र १० मा निवर्तमान वडाअध्यक्ष नै पराजित भएका छन् ।












