२०८२, ४ पुस शुक्रबार | Fri Dec 19 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ओलीले मतदान गरेको वडामा कांग्रेसको प्यानलै विजयी



काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मतदान गरेको भक्तपुरको सूर्यविनायक नगरपालिका– २ मा नेपाली कांग्रेसको प्यानलै विजयी भएको छ ।

यहाँको वडाध्यक्षमा कांग्रेसका उम्मेदवार प्रदीप कार्की १ हजार ५११ मतसहित विजयी भएका हुन् । उनका प्रतिस्पर्धी एमालेका विश्वराज विष्टले १ हजार ३०५ मत पाए ।

त्यस्तै वडा सदस्यहरुमा रन्जिता तिखात्री, कल्पना खतिवडा, जनार्दन खड्का र भगत रानाभाट विजयी भएका छन् ।

प्रकाशित मिति : २०७९, २ जेठ सोमबार ००:००  ७ : २३ बजे