काठमाडौं । भक्तपुरको सूर्यविनायक नगरपालिकाका वडा नम्बर २ र ३ मा नेपाली कांग्रेसका उम्मेदवार प्यानल नै विजयी भएका छन्। वडानम्बर २ को अध्यक्षमा प्रदीप कार्कीसहित प्यानल नै विजयी बनेका हुन्।
वडा नम्बर २ नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको घर भएको वडा हो।
यसैगरी, वडा नम्बर ३ को अध्यक्षमा दीपेन्द्र केसीसहित सबै सदस्यमा नेपाली कांग्रेसले नै विजय हात पारेको छ। ०७४ को स्थानीय तह निर्वाचनमा पनि यी दुवै वडामा नेपाली कांग्रेस नै विजयी बनेको थियो।












