२०८२, २५ माघ शनिबार | Sun Feb 8 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

चिशङ्खुगढीकाे अध्यक्षमा निशान्त शर्मा दोहोरिए



ओखलढुङ्गा। चिशङ्खुगढी गाउँपालिकाको अध्यक्षमा गठबन्धन तर्फका उम्मेदवार माओवादी केन्द्रका निशान्त शर्मा विजयी भएका छन् । निकटतम प्रतिद्वन्दी नेकपा एमालेका उम्मेदवार अशोक थापालाई ५ सय ७ मतले पछिपार्दै शर्मा अध्यक्षमा पुन: विजयी भएका हुन् ।

शर्माले तीन हजार एक सय ९८ मत प्राप्त गरेका छन् भने थापाले दुई हजार छ सय ९१ मत पाएका छन् ।

२०७४ को स्थानिय तहको निर्वाचनमा शर्मा ३ मतले अध्यक्षमा निर्वाचित भएका थिए ।

गठबन्धनकै तर्फबाट नेपाली काँग्रेसका उपाध्यक्षका उम्मेदवार सन्तोषबाबु थापा चिशङ्खुगढी गाउँपालिकाको उपाध्यक्षमा विजयी भएका छन् । नेकपा एमालेको तर्फबाट उपाध्यक्षकी उम्मेदवार सुस्मिका राईलाई एक हजार ६६ मतले पछि पार्दै थापा निर्वाचित भएका हुन् ।

थापाले तीन हजार एक सय १६ र राईले दुईहजार ५० मत प्राप्त गरेका छन् ।

चिशङ्खुगढी गाउँपालिकामा नेपाली काँग्रेस र माओवादी केन्द्र विच गठबन्धन भएको थियो ।

पालिकाको आठ वडा मध्ये चार वडामा माओवादी केन्द्रले जितेको छ । वडा नं.१ उषक कटुवाल, २ मा नरेन्द्र बस्नेत, ५ मा नेत्र भट्टराई र वडा नं.४ हिमाल राईले माओवादी केन्द्रबाट विजयी भएका हुन् ।

यसैगरी वडा नं. ६ मा र ७ मा नेपाली काँग्रेसका उम्मेदवार बलराम कटुवाल र मुघाधन राई विजयी भएका छन् । वडा नं. ८ मा नेकपा एमालेका उम्मेदवार शुसिलजङ कार्की वडा अध्यक्षमा निर्वाचित भएका छन् । वडा नं.३ मा वडा अध्यक्षका उम्मेदवारहरुको मत बराबरी भएपछी पुन:मत गणना गरिएको छ ।

अन्य पालिकाहरुको मत गणना भईरहेको मुख्य निर्वाचन अधिकृतको कार्यालय ओखलढुंगाले जनाएको छ । जिल्लाको चम्पादेवी, मोलुङ र खिजिदेम्बा गाउँपालिकाको मत गणना अन्तिम चरणमा पुगेको छ ।

प्रकाशित मिति : २०७९, २ जेठ सोमबार ००:००  २ : ३० बजे