२०८१, १२ श्रावण शनिबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सर्लाहीमा नेकपा र कांग्रेस कार्यकर्ताबीच झडप, डेढ दर्जन घाइते



काठमाडौं । सर्लाहीको धनकौल गाउँपालिकामा गोली चल्दा १८ जना घाइते भएका छन् । धनकौल गाउँपालिका–३, मा गएराति नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र नेपाली कांग्रेसका कार्यकर्ताबीच भएको झडपमा गोली चलेको हो । दुई पक्षबीच झडप हुदाँ करिब १८ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी उपरीक्षक विश्वमणी पोखरेलले जानकारी दिए ।

झडपलाई नियन्त्रणमा लिनका लागि प्रहरीले ४ राउण्ड अश्रु ग्याँस प्रहार गरेको थियो । दुईजना प्रहरी जवानसमेत समान्य घाइते भएका छन् । असार ७ गते हत्या गरिएका रामजल रायको हत्यारालाई कारबाही गर्नुपर्ने र क्षतिपुर्तीको माग गर्दै नेकपा कार्यकर्ता मसाल जुलुश निकालेको समयमा दुबैपक्षबीच झडप भएको हो ।

घाइतेहरुको अहिले सर्लाही अस्पताल मलंगवामा उपचार भइरहेको छ ।  धनकौल बजारमा जुलुश निकालेका समयमा कांग्रेसका कार्यकर्ताले हतियारसहित आफुमाथि आक्रमण गरिएको घाइतेहरुले बताएका छन् ।

प्रकाशित मिति : २०७७, १५ असार सोमबार ००:००  ४ : ४४ बजे