२०८२, ४ पुस शुक्रबार | Fri Dec 19 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सर्लाहीमा २२ वर्षका युवक गाउँपालिका अध्यक्षमा निर्वाचित



सर्लाही । सर्लाहीको रामनगर गाउँपालिकाको अध्यक्षमा नेकपा माओवादी केन्द्रका उम्मेदवार राजाबाबु यादव निर्वाचित भएका छन् । २२ वर्षका उनी ४ हजार ८१ मतसहित निर्वाचित भएका हुन् ।

उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका हरिनन्दन प्रसाद यादवले २ हजार ३९२, नेकपा एमालेका पुरुषोत्तम प्रसाद चौधरीले एक हजार ६३४ र स्वतन्त्र उम्मेदवार केएस राहुल बर्माले एक हजार ६०७ मत पाए ।

उपप्रमुखमा नेकपा माओवादी केन्द्रकी गीता देवी तीन हजार ५२३ मतसहित निर्वाचित भएकी छन् । उनकी निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसकी कोशिला साहले दुई हजार ६३७ मत पाएकी छन् ।

त्यस्तै नेकपा एमालेकी निलम यादवले एक हजार ७३७ र लोकतान्त्रिक समाजवादी पार्टीकी वैदेही देवीले ९१७ मत पाएका छन् ।

प्रकाशित मिति : २०७९, २ जेठ सोमबार ००:००  ४ : ३० बजे