२०८३, ५ श्रावण मंगलबार | Wed Jul 22 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

काठमाडौं महानगरमा २५ हजार मत गनियो, १९ उम्मेदवारले १ भोट नि पाएनन्



काठमाडौं‘ काठमाडौं महानगरपालिकामा हालसम्म २५ हजार ९४ मतगणना सकिएको छ । हालसम्म स्वतन्त्र हैसियतमा लौरो चुनाव चिह्न लिएर मेयर पदमा प्रतिस्पर्धा गरिरहेका बालेन शाहले अग्रता बनाइरहेका छन् ।
उनको निकै पछि एमालेका उम्मेदवार केशव स्थापित रहेका छन् भने स्थापित भन्दा पनि पछि काँग्रेस उम्मेदवार सिर्जना सिंह परेकी छन् ।

रोचक त के छ भने काठमाडौं महानगरपालिकामा उम्मेदवारी दिएकामध्ये १९ उम्मेदारले हालसम्म एक मत पनि पाउन सकेका छैनन् । यसरी शून्य मत ल्याउनेमा चुनाव चिह्नहरु कलमको फूल, ब्याडमिन्टन कर्क, हाँस, सेफ्टी पिन, बिरालो, प्रेसर कुकर, चुलेसी, भ्यागुतो, कक प्लेट, ठेकी, जोडी कमबुट, भालु, घण्टाघर, कंगारु, फ्रक, चौबन्दी चोलो, खसीको टाउको, बदेल र ग्यास सिलिन्डर भएका पाएका उम्मेदवारहरु रहेका छन् ।

यस्तै एक मत मात्रै ल्याउने उम्मेदवार पनि उल्लेख्य देखिएका छन् । निर्वाचन अधिकृतको कार्यालयले मंगलबार मध्याह्न सार्वजनिक गरेको विवरण अनुसार वडा नम्बर १,२,३,४,५,६, ३१ र ३२ को मतगणना गर्दा यस्तो तथ्य देखिएको हो । काठमाडौं महानगरपालिकाको मतगणना राष्ट्रिय सभागृहमा गत शनिबारदेखि जारी छ ।

प्रकाशित मिति : २०७९, ३ जेष्ठ मंगलबार ००:००  १ : १६ बजे