२०८३, ५ जेष्ठ मंगलबार | Wed May 20 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

महिलालाई पूरै लुगा खोल्न लगाएर एक्सरे गर्ने स्वास्थ्यकर्मी पक्राउ



काठमाडौं । जिल्ला प्रहरी कार्यालय दाङले एक जना स्वास्थ्यकर्मीलाई पक्राउ गरेको छ । उपचारका लागि पुगेकी एक महिलालाई नाङगै बनाएर एक्सरे गरेको आरोपमा घोराहीमा रहेको गोरखा पब्लिक हस्पिटलमा कार्यरत रेडियो ग्राफिक्समा काम गर्ने बबई गाउँपालिका ५ का २२ वर्षीय नवराज डाँगीलाई प्रहरीले पक्राउ गरेको हो ।

आइतबार अस्पतालमा छातीको एक्सरे गर्न पुगेकी घोराही १८ की एक महिलालाई डाँगीले पूरै कपडा खोल्न लगाएर एक्सरे गराएको आरोप लागेपछि प्रक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता एवं डिएसपी सुमित खड्काले जानकारी दिए ।

ती महिलाका श्रीमानले दिएको जाहेरीका आधारमा डाँगीलाई सोमबार बिहान पक्राउ गरेर घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०७७, १५ असार सोमबार ००:००  १० : ३३ बजे