२०८३, ७ असार आइतबार | Mon Jun 22 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

भरतपुर महानगरमा रेनुले बनाइन् ११९ मतको अग्रता



भरतपुर महानगरपालिकाको मेयरमा नेकपा माओवादी केन्द्रकी उम्मेदवार रेनु दाहालले ११९ मतको अग्रता लिएकी छन् । १८ हजार ८८३ मत गणना गरिसक्दा गठबन्धनबाट मेयरको उम्मेदवार बनेकी रेनु दाहालले ६ हजार ३१९ मत पाएकी छन् ।

नेकपा एमालेका विजय सुवेदीले ६ हजार २०० मत पाएका छन् । स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले ३ हजार ८१ मत प्राप्त गरेका छन् । उपमेयरतर्फ नेपाली काँग्रेसका चित्रसेन अधिकारीले ७ हजार ६९९ मत पाएर अग्रता कायम राखेका छन् ।

राप्रपाकी हिमला गुरुङले ५ हजार ८२ मत प्राप्त गरेकी छन् । अहिले भरतपुर महानगरको वडा नम्बर ५ को मतगणना जारी छ ।

प्रकाशित मिति : २०७९, ३ जेष्ठ मंगलबार ००:००  २ : १० बजे