नुवाकोट’ नुवाकोट को सूर्यगढी गाउँपालिकामा नेपाली काँग्रेसका सन्तबहादुर तामाङ दोस्रो कार्यकालका लागि विजयी भएका छन् । अघिल्लो स्थानीय तहमा पनि सोही गाउँपालिकाको अध्यक्ष रहेका नी दोस्रो कार्यकालका लागि ३ हजार ७५९ मतका साथ विजयी भएका हुन् ।
उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका राजेन्द्र रिजाल २८८९ मत ल्याएर पराजित भए । यस्तै एकीकृत समाजवादी पार्टीका ध्रुव अधिकारीले २१७४ मत ल्याएर तेस्रो भए । उपाध्यक्षमा नेपाली काँग्रेसकै मञ्जु बुढाथोकी विजयी हुँदा एमालेकी गंगा आचार्य पराजित बनिन् ।












