२०८१, १२ श्रावण शनिबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सोमबार थप ४ सय ७६ जनामा कोरोना संक्रमण पुष्टि



काठमाडौं । नेपालमा सोमबार थप ४ सय ७६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशको विभिन्न प्रयोगशालामा गरिएको परिक्षणमा १ सय १२ जना महिला र ३ सय ६४ जना पुरुष गरी उक्त संख्यामा कोरोना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यो सँगै कोरोना संक्रमितको संख्या १३ हजार २ सय ४८ पुगेको छ ।

संक्रमितमध्ये हालसम्म ३ हजार १ सय ३४ जना निको भएर घर फर्किएका छन् । प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार सोमबारमात्रै कोरोनालाई जितेर १ सय २१ जना घर फर्किएका छन् ।

प्रकाशित मिति : २०७७, १५ असार सोमबार ००:००  १० : ४१ बजे