२०८२, १७ चैत्र मंगलबार | Tue Mar 31 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सुर्खेत काँग्रेसको गढ चिङ्गाडमा एमाले विजयी



सुर्खेत‘ सुर्खेतको चिङ्गाड गाउँपालिकामा नेकपा एमालेका बोधविक्रम जिसी निर्वाचित भएका छन् । नेपाली काँग्रेसको गढ मानिएको यो पालिकामा जिसीले काँग्रेसका डोरप्रसाद शर्मालाई पराजित गरेका हुन् ।

जिसीले तीन हजार ५९१ मत ल्याउँदा उनका निकतम प्रतिद्वन्द्वी शर्माले तीन हजार ५३० मत प्राप्त गरे । माओवादी केन्द्रले पालिका प्रमुख र उपप्रमुखमा उम्मेदवारी दिएको थिएन । उपाध्यक्षमा पनि एमाले विजयी भएको छ । काँग्रेसकी मनमाया आचार्यलाई पराजित गर्दै एमाले उम्मेदवार मिनाकुमारी रोकाय उपाध्यक्षमा निर्वाचित भइन् । विजयी रोकायले तीन हजार ५८१ मत प्राप्त गरिन् भने प्रतिद्वन्द्वी आचार्यले तीन हजार ४६९ मत प्राप्त गरिन् । छ वडा रहेको यो पालिकामा तीन वडामा काँग्रेस र तीन वडामा एमाले विजयी भएको छ ।

अध्यक्षका विजेता जिसी २०७४ सालको निर्वाचनमा माओवादी केन्द्रबाट उम्मेदवार बनेका थिए । अघिल्लो निर्वाचनमा काँग्रेसका देवबहादुर चन्द २९४९ मत ल्याएर विजयी हुँदा एमालेका बखतबहादुर खत्री २३८५ मत ल्याएर दोस्रो भएका थिए । उक्त निर्वाचनमा जिसी माओवादी केन्द्रबाट गाउँपालिका अध्यक्षमा चुनावी मैदानमा थिए । उनले १७२१ मत प्राप्त गरेका थिए ।

प्रकाशित मिति : २०७९, ३ जेठ मंगलबार ००:००  ३ : ५५ बजे