२०८१, २० बैशाख बिहीबार | Thu May 2 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मानेभञ्ज्याङमा नागरिकले देख्ने, सुन्ने र बुझ्नेगरी काम गर्छु : अध्यक्ष रुम्दाली



ओखलढुंगा । ओखलढुंगाको मानेभञ्ज्याङ गाउँपालिका नवनिर्वाचित अध्यक्ष ज्ञानेन्द्र रुम्दालीले नागरिकले प्रत्यक्ष महसुस गर्नेगरि काम गर्ने बताएका छन् । निर्वाचन अधिकृतको कार्यालयमा निर्वाचित भएको प्रमाण–पत्र बुझ्दै अध्यक्ष रुम्दालीले नागरिकले देख्ने, सुन्ने र बुझ्नेगरि काम गर्ने बताएका हुन् ।

सामुहिक एकतामा अघि बढ्ने बताउँदै अध्यक्ष रुम्दालीले पञ्चवर्षिय खाका तयार पारेर काम सुरु गर्ने बताए । ‘सबै दल, सबै सरोकारवाला र गाउँपालिकाबासीमा एकता र मित्रतामा जोड दिँदै भोलि वा पर्सि बसेर ५ वर्षमा के के गर्ने कसरी अघि बढ्ने भन्ने खाका बनाएर काम सुरु गर्छौ ।’ उनले भने, ‘स्थानीय सरकारले के ग¥यो भनेर खोज्ने गरी होईन नागरिकले प्रत्यक्ष देख्ने, सुन्ने र बुझ्नेगरी काम गर्छौं ।’ विगतमा थालिएका रचनात्मक कामलाई निरञ्तरता दिने तथा स्थानीय माग र आवश्यकताका आधारमा काम अघि बढाउने अध्यक्ष रुम्दालीले बताए ।

अध्यक्ष रुम्दालीले सबै वडामा गुनासो रहित सेवा प्रवाह र नागरिकको सुन्तुष्टिको आधार मापन गरेर समृद्ध पालिका निर्माणमा जुट्न मातहतका जनप्रतिनिधिलाई आग्रह गरेका छन् । उनले नयाँ जनप्रतिनिधिलाई अभ्यस्त हुन केही समय लाग्नसक्ने भन्दै सहजिकरणका लागि कर्मचारीहरुले भूमिका खेल्नुपर्ने बताए ।

नेपाली कांग्रेसको समर्थनमा स्वतन्त्र उम्मेदवारी दिएका रुम्दाली एमालेका रुपलाल तामाङलाई हराएर गाउँपालिका अध्यक्षमा निर्वाचित भएका हुन् ।

प्रकाशित मिति : २०७९, ३ जेठ मंगलबार ००:००  ४ : १६ बजे