२०८२, ४ पुस शुक्रबार | Fri Dec 19 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सुनकोशी अध्यक्षमा कांग्रेसका कमल र उपाध्यक्ष सुनिता विजयी, वडामा कांग्रेस-एमाले बराबर



ओखलढुंगा । ओखलढुंगाको सुनकोशी गाउँपालिकाको अध्यक्षमा कांग्रेसका कमल तामाङ विजयी भएका छन् । उनले एमालेका इन्द्रबहादुर खड्का (सुनिल) लाई हराउँदै विजयी भएका हुन् ।

तामाङले ५ हजार ३ सय ९९ मत ल्याएर विजयी भए । उनका निकटतम् प्रतिद्वन्द्वी खड्काले ४ हजार १ सय ७४ मत ल्याएका छन् ।

यस्तै उपप्रमुखमा पनि कांग्रेसकै सुनिता अधिकारी विजयी भएकी छिन् । उनले ५ जार २ सय १५ मत ल्याएर विजयी भइन् । उनकी निकटतम् प्रतिद्वन्द्वी एमालेकी सरस्वती कार्की पौडेलले ४ हजार १ सय ८८ मत ल्याइन् ।

सुनकोशीका वडाहरुमा भने कांग्रेस एमालेले बराबर जित निकालेका छन् । १० मध्ये ५ वटा वडा कांग्रेस र ५ वटा एमालेले जितेको छ ।

अझ रोचक त, एमालेका गाउँपालिका अध्यक्षका उम्मेदवार इन्द्रबहादुर खड्काको वडामा कांग्रेसका खिलाबहादुर तामाङ र कांग्रेसको गाउँपालिका अध्यक्षका उम्मेदवार कमल तामाङको वडामा एमालेका गोविन्दराम तामाङ विजयी भएका छन् ।

प्रकाशित मिति : २०७९, ४ जेठ बुधबार ००:००  ८ : ३६ बजे