२०८२, १७ चैत्र मंगलबार | Tue Mar 31 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

डडेल्धुराको परशुराम नगरमा २८ वर्षीय जोशी बने मेयर



डडेल्धुरा’डडेल्धुराको परशुराम नगरपालिका प्रमुखमा नेपाली काँग्रेस विजयी भएको छ । काँग्रेसका भरत बडायर जोशी मेयर पदमा निर्वाचित भएका हुन् । २८ वर्षीय जोशीले माओवादी केन्द्रका शेरसिंह माललाई १३६ मतान्तरले पराजित गरेका हुन् ।

काँग्रेसका नगर सभापति समेत रहेका जोशीले ५ हजार ९४१ ल्याउँदा माओवादी केन्द्रका मालले ५ हजार ८०५ मत पाए । यस्तै नेकपा एमाले र नेपाली काँग्रेस विपीका साझा उम्मेदवार उम्मेदवार एमालेका केशव बोहराले २ हजार ६०६ मत मात्रै पाए ।

उपमेयरमा भने माओवादी केन्द्र विजयी भएको छ । माओवादी केन्द्रकी विमला महतले काँग्रेस उम्मेदवारलाई पराजित गरेकी हुन् । महतले ५ हजार ८८५ मत ल्याउँदा काँग्रेसकी कलावती बोहराले ४ हजार ५९३ मत मात्र पाइन् ।

परशुरामका १२ वडामध्ये ७ वडामा माओवादी केन्द्र र ५ वडामा काँग्रेस विजयी भएको छ। प्रधानमन्त्री तथा काँग्रेस सभापति शेरबहादुर देउवा गृहजिल्ला डडेल्धुराको परशुराम नगरपालिका जोगाउन काँग्रेस सफल भएको छ ।

माओवादी केन्द्रका उम्मेदवारसँग कडा टक्करका बीच जोशीले बाजी मारेका हुन् । ०७४ को निर्वाचनमा पनि काँग्रेसका भीमबहादुर साउद मेयर निर्वाचित भएका थिए ।

प्रकाशित मिति : २०७९, ४ जेठ बुधबार ००:००  १० : ४६ बजे