२०८३, २ बैशाख बुधबार | Wed Apr 15 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सूर्यविनायक नगरको मेयरमा थापाले लिए अग्रता



सूर्यविनायक नगरपालिकामा एमालेबाट मेयरका उम्मेदवार बासुदेव थापाले अग्रता लिनु भएको छ । पछिल्लो मतपरिणाम अनुसार थापाले मेयरमा अग्रता लिनु भएको हो ।

वडा नं।८ सिपाडोलमा मेयर थापालाई एक छापे मत मात्र १ हजार ३३७ खसेको छ । थापाले अहिले ६२५ मतले अग्रता लिनु भएको हो ।

८ वडाको मतगणना जारी रहँदा थापाले हालसम्म ११ हजार १७४ मत पाउनु भएको छ भने कांग्रेसका निशान ढुंगेलले १० हजार ५४९ मत पाउनु भएको छ ।

उपमेयरमा पनि एमालेकी सरिता भट्टराईले अग्रता लिइरहनु भएको छ । भट्टराईले ९ हजार ७१३ मत ल्याउदा गठबन्धनको तर्फबाट नेकपा एकिकृत समाजवादीका श्याम सुन्दर बस्नेतले ५ हजार ४४१ मत ल्याउनु भएको छ

प्रकाशित मिति : २०७९, ४ जेष्ठ बुधबार ००:००  १० : ५२ बजे