२०८२, ४ पुस शुक्रबार | Fri Dec 19 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

काठमाडौंमा ६ हजार बढी मतले बालेनको अग्रता, ८ वडाको गणनामा कहाँ कति मत पाए




काठमाडौं काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन शाहले ६ हजार ८३ मतान्तरले अग्रता कायम गरेका छन्।

राति १०बजेसम्म ३३ हजार ९२६ मत गणना हुँदा बालेनले १३ हजार १८९ मत प्राप्त गरेका छन्।

त्यसैगरी एमालेका केशव स्थापितले ७ हजार १०६ मत प्राप्त गरेका छन्।

कांग्रेसकी सिर्जना सिंहले ६ हजार २४७ मत प्राप्त गरेकी छन्। उनी बालेनभन्दा ६ हजार ९४२ मतले पछाडि छिन्।

काठमाडौंको १ र २ नम्बर वडाको मत गणना सकिएर दुबै वडा एमालेले जितेको छ।

अहिले ३, ४, ५, ६, २९, ३०, ३१ र ३२ नम्बर वडाको गणना भइरहेको छ।

गणना भइसकेको १ र २ नम्बर वडामा बालेनले ७८३ र १२१५ मत प्राप्त गरेका छन्।

गणना भइरहेको वडाहरु ३ मा १९२६, ४ मा २४८२, ५ मा १२५२, ६ मा ८८०, २९ मा ११९, ३० मा ३७३, ३१ मा १४४१ र ३२ मा २७१८ मत प्राप्त गरेका छन्। अहिले सम्म गणना भइसकेको र भइरहेको १० वडामा सबैमा स्थापित र सिंहभन्दा बालेन नै धेरै मत ल्याएका छन्।

स्थापितले गणना भइसकेको १ र २ मा ३६५ र ७२८ मत पाएका छन्। गणना भइरहेको वडाहरु ३ मा १००४, ४ मा १२८७, पाँचमा ९२७, ६ मा ४९१, २९ मा ७१, ३० मा १३१, ३१ मा ८४२ र ३२ मा १२६० मत पाएका छन्।

त्यस्तै सिर्जना सिंहले वडा नम्बर १ र २ मा ४५१ र ४९७ मत प्राप्त गरेकी छन्। ३, ४, ५, ६ मा ९४२, ९९१, ६४३, ६४८ मत प्राप्त गरेकी छन्। २९, ३०, ३१, ३२ नम्बर वडामा १००, १६९, ८०६, १००० मत प्राप्त गरेकी छन्।

प्रकाशित मिति : २०७९, ४ जेठ बुधबार ००:००  ११ : ०७ बजे