२०८३, ७ असार आइतबार | Mon Jun 22 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

भरतपुर महानगरपालिकामा रेनु दाहालको अग्रता कायमै



भरतपुर महानगरपालिकामा सत्ता गठबन्धनबाट मेयरकी उम्मेदवार माओवादी केन्द्रकी रेनु दाहालले अग्रता कायमै छ । २६,४२६ मत गणना हुँदा रेनुले ९५४२ मत प्राप्त गरेकी छिन् । त्यस्तै, एमालेका विजय सुवेदीले ८ हजार ८७ मत प्राप्त गरी रेनुलाई पछ्याइरहेका छन् । अर्का स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले ४ हजार ३१५ मत प्राप्त गरेका छन् । त्यस्तै, उपमेयरमा गठबन्धनबाट उम्मेदवार बनेका कांग्रेसका चित्रसेन अधिकारीले ११ हजार ३८२ मत प्राप्त गरेका छन् भने राप्रपाकी हिमला गुरूङले
६ हजार ५९३ मत प्राप्त गरेकी छिन् ।

प्रकाशित मिति : २०७९, ४ जेष्ठ बुधबार ००:००  ११ : ५० बजे