२०८२, १७ चैत्र मंगलबार | Tue Mar 31 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

काभ्रेपलाञ्चोकको पाँचखालको प्रमुख कांग्रेस र उपप्रमुखमा एमाले विजयी



काडमाडौँ । काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकाको प्रमुखमा नेपाली कांग्रेसका महेश खरेल र उपप्रमुखमा नेकपा एमालेका सूर्यमाया दनुवार विजयी भएकी छन्।

सोमबार बिहान सम्पन्न भएको मतगणना परिणामअनुसार कांग्रेसका प्रमुख पदका उम्मेदवार खरेलले १२ हजार ८३६ मत प्राप्त गरेकाछन् भने एमालेका उपप्रमुख पदका उम्मेदवार दनुवारले नौ हजार ५३४ मत प्राप्त गरी विजयी भएकी हुन्।

प्रमुख पदका निकटतम प्रतिस्पर्धी एमालेका कञ्चन अधिकारीले आठ हजार ११५ मत प्राप्त गरेका छन् भने उपप्रमुखका निकटतम प्रतिस्पर्धी नेकपा माओवादी केन्द्रका चेतप्रसाद गौतम९मणि०ले नौ हजार १० मत प्राप्त गरेका छन्। रासस

प्रकाशित मिति : २०७९, ९ जेठ सोमबार ००:००  ४ : ३२ बजे