२०८१, १२ श्रावण शनिबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ताप्लेजुङमा पर्यापर्यटन प्रवद्र्धनका लागि पूर्वाधार निर्माण



तस्बिर : उज्यालाेपाेष्टबाट

ताप्लेजुङ । ताप्लेजुङमा पर्यापर्यटन प्रवद्र्धनका लागि पूर्वाधार निर्माणमा जोड दिईएको छ । डिभिजन वन कार्यालय ताप्लेजुङको सहयोगमा जिल्लाका विभिन्न स्थानमा पदमार्ग, दृश्यस्थल सहितका पूर्वाधार विकासको काम गरिएको हो ।

जिल्लाको फुङ्लिङ नगरपालिका–९ हाङ्देवास्थित देउराली भित्री सामुदायिक वन उपभोक्ता समूहको क्षेत्राधिकारभित्र पर्ने जरिबुटे क्षेत्रलाई पिकनिक स्थलको रुपमा प्रवद्र्धन गर्न पदमार्ग निर्माण तथा त्यस क्षेत्रमा रहेको पोखरीको व्यवस्थापन गरिएको छ ।

प्रदेश सरकारमार्फत डिभिजन वन कार्यालयको ९ लाख ५० हजार तथा उपभोक्ता समूहको १ लाख ९० हजार जनश्रमदान गरी कूल ११ लाख ४० हजार रुपैयाँको लगानीमा पदमार्ग निर्माण तथा पोखरी संरक्षण तथा व्यवस्थापन कार्य गरिएको छ । त्यस्तै पाथीभरा याङ्वरक गाउँपालिका वडा नं २ थेचम्बुबाट वडा नं ३ तिरिङ्गेको धाप पोखरी क्षेत्रमा जाने १ हजार २५३ मिटर पदमार्ग निर्माण गरिएको छ । जिल्लाका अन्य क्षेत्रमा पर्यापर्यटन प्रवद्र्धन कार्यक्रम सञ्चालनमा रहेको डिभिजन वन कार्यालय ताप्लेजुङका प्रमुख वीरेन्द्र साहले अनलाइनसरोकारलाई जानकारी दिए । पर्यापर्यटन प्रवद्र्धन गरेर पर्यटकीय क्षेत्रको रुपमा विकास गर्दै समृद्धिसँग वनलाई जोड्ने लक्ष्य राखिएको उनको भनाई छ । ‘वन क्षेत्रमा थुपै्र सम्भावना छन् ति सम्भावनालाई चुमेर स्थानीयले आयस्रोत बढाउने काम गर्न सक्छन् त्यसमा हामी सहयोग गर्छौै ।’ प्रमुख साहले भने ।

प्रकाशित मिति : २०७७, १६ असार मंगलबार ००:००  ४ : ४६ बजे