२०८२, ४ पुस शुक्रबार | Fri Dec 19 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ओलीले भने अन्तरघातले चुनाव हारियो



काठमाडौं।नेकपा एमाले का अध्यक्ष केपी शर्मा ओलीले वैशाख ३० गते भएको स्थानीय तह चुनावमा पार्टीले हार्नुको मुख्य कारण अन्तरघात भएको बताएका छन्।

बुधबार बानेश्वरस्थित संसद भवनमा बसेको एमाले संसदीय दलको बैठकमा बोल्दै ओलीले अन्य दलका कारण नभई एमालेकै कारण चुनाव हारिएको बताएका हुन्।

‘अरू पार्टीका कारण होइन ‍यसपटक एमालेमा अन्तरघात भयो। यस्तो गर्न कहाँबाट सिकेछन्, यस विषयमा बृहत्‌ रूपमा समीक्षा गरिनुपर्छ,’ ओलीको भनाइ उद्धृत गर्दै सांसद नवीना लामाले भनिन्, ‘चार महानगर हामीले उपमेयर जित्यौं तर मेयर जित्न सकेनौं। अन्तरघातका कारणले यस्तो भएको हो।ु

वैशाख ३० गते भएको निर्वाचनको मतपरिणाम आउने क्रम अन्तिम चरणमा छ। अब काठमाडौं महानगरसहित ६ पालिकामा मात्र अन्तिम परिणाम आउन बाँकी छ।

एमाले यसपालि दोस्रो दल बनेको छ। २०७४ को चुनावमा २९४ पालिका जितेको एमाले यसपालि २०३ पालिका मात्रै मेयररअध्यक्ष जितेको छ।

चुनावी परिणामपछि ओलीले पहिलो पटक बुधबार यसबारे प्रतिक्रिया दिएका हुन्।

प्रकाशित मिति : २०७९, ११ जेठ बुधबार ००:००  ५ : ०४ बजे