२०८३, ६ असार शनिबार | Sat Jun 20 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

काठमाडौं महानगरमा भोलिसम्म कोरोना खोप लगाउन पाइने



काठमाडौं। काठमाडौं महानगरपालिकाले कोरोना भाइरसविरुद्धको खोप अभियान ३२ वटा वडामा सञ्चालन गरेको छ।

जेठ १४ गतेसम्म नगरभित्रका खोप लगाउन छुटेकालाई पहिलो र दोस्रो मात्रा तथा बुस्टर डोज दिइने महानगरका स्वास्थ्य विभागका प्रमुख बलराम त्रिपाठीले जानकारी दिए।

उनकाअनुसार मोडर्ना र फाइजर खोप दिइनेछ।

महानगरले १८ वर्षभन्दा माथिका खोप लगाएको तीन महिना पूरा भएका सबै नागरिकलाई बुस्टर मात्रा र खोप लगाउन छुटेकालाई पहिलो र दोस्रो मात्रा खोप लगाउन थालेको हो।

बुस्टर र दोस्रो मात्रा खोपका लागि यसभन्दा अगाडि खोप लगाएको कार्डका आधारमा र पहिलो खोप उमेर खुल्ने कागजातका आधारमा लगाइने उनले बताए।

खोपका लागि महानगरले ३२ वटै वडामा रहेको सामुदायिक शहरी स्वास्थ्य क्लिनिक तथा तोकेको खोप केन्द्रमा गई खोप लगाउन सकिने व्यवस्था गरेको छ।

प्रकाशित मिति : २०७९, १३ जेष्ठ शुक्रबार ००:००  १० : ४१ बजे