२०८२, ६ जेठ सोमबार | Tue May 20 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

भक्तपुरमा मेलम्चीको पानी वितरण सुरू



काठमाडौं। भक्तपुर नगरपालिकामा बिहीबारदेखि मेलम्चीको पानी वितरण सुरू गरिएको छ।

भक्तपुरको कटुञ्जेस्थित खानेपानी ट्याङ्कीबाट भक्तपुर नगरपालिकाको वडा नम्बर १ देखि ५ सम्म मेलम्चीको पानी वितरण गरिएको हो।

भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापति र काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) भक्तपुर शाखा प्रमुख सुरेन्द्र हिमालय श्रेष्ठले संयुक्तरूपमा साँचो खोली मेलम्ची खानेपानी आयोजनाको पानी वितरण सुरू गरिएको हो।

सो अवसरमा नगर प्रमुख प्रजापतिले भक्तपुर नगरपालिकाले खानेपानीको समस्या समाधानतर्फ सुरूदेखि आवश्यक पहल गरिरहेको र निर्वाचनमा पनि खानेपानीलाई पहिलो प्राथमिकतामा राख्दै जनतालाई जेठको दोस्रो हप्ताभित्र मेलम्चीको पानी वितरण गर्नेमा जोड दिँदै आएको स्मरण गरे।

केयुकेएल भक्तपुरका सुरेन्द्र हिमालय श्रेष्ठले भक्तपुरका बासिन्दालाई मेलम्चीको खानेपानी वितरण गर्न सफल भएकोमा गौरवान्वित महसुस भएको भन्दै यसले भक्तपुरमा खानेपानीको समस्या समाधान हुने विश्वास व्यक्त समेत गरेका छन्।

मेलम्चीको पानी वितरणसँगै भक्तपुरका स्थानीय निकै खुसी देखिएका छन्। विगत २० वर्षदेखि खानेपानीको समस्या भोगिरहेका खौमा, इटाछेँ, बोलाछेँ, टौमढीलगायतका स्थानीयले मेलम्चीको पानी वितरण भएसँगै नगर प्रमुख प्रजापतिलाई धन्यवाद समेत दिएका थिए।

पानी वितरणसँगै ठाउँ-ठाउँमा पाइप फुटेर पानी चुहिएको पनि देखिएको छ। त्यसलाई छिटै नै व्यवस्थापन गर्नुपर्ने स्थानीय बासिन्दाको माग रहेको छ।

प्रकाशित मिति : २०७९, १३ जेठ शुक्रबार ००:००  १२ : ४९ बजे