२०८२, २४ असार मंगलबार | Tue Jul 8 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

रूपन्देहीको भलबारीस्थित आयल निगमको डिपोमा तेल खन्याउने क्रममा दुइटा ट्यांकरमा आगलागी



काठमाडौं।रूपन्देहीको भलबारीस्थित नेपाल आयल निगमको डिपो आगलागीबाट ठूलो दुर्घटना हुनबाट जोगिएको छ।

आयल निगममा ट्यांकरबाट डिपोमा तेल खन्याउने क्रममा दुइटा ट्यांकरमा अचानक आगलागी भएको थियो।

ईलाका प्रहरी कार्यालय मंगलापुर अनुसार लु २ ख २६५६ र लु २ ख ५६८५ नम्बरको ट्यांकरमा बिहान ११४० मा लागेको आगो ११५५ मा नियन्त्रणमा आए पनि एउटा ट्यांकर पूर्ण रूपमा क्षति भएको छ।

प्रहरीका अनुसार लु २ ख २६५६ नम्बरको ट्यांकरमा पूर्ण रूपमा क्षति भएको छ। त्यसैगरी आगलागीमा परी ट्यांकरका एक जना हेल्पर घाइते छन्।

प्रहरी नायब निरीक्षक लक्ष्मण डाँगीका अनुसार तिलोत्तमा ९ का १८ वर्षीय विजेश चौधरी घाइते भएका छन्। उनको हात र खुट्टामा जलेर घाइते भएको डाँगीले जानकारी दिए।

सिद्धार्थनगर नगरपालिका, तिलोत्तमा नगरपालिका र भलबारी आयल निगमको दमकलले आगलागी नियन्त्रणमा लिएका थिए।

प्रकाशित मिति : २०७९, १३ जेठ शुक्रबार ००:००  १ : ०३ बजे