२०८२, २ श्रावण बिहीबार | Fri Jul 18 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सरकारले स्थानीय तहका नवनिर्वाचित जनप्रतिनिधिहरूलाई तालिम दिने भएको छ।



काठमाडौं।संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले प्रदेश सरकारहरूसँग समन्वय गरी तालिम दिन लागेको छ।

स्थानीय सरकार सञ्चालनलगायत विभिन्न विषयमा जनप्रतिनिधिप्रमुख तथा उपप्रमुख र अध्यक्ष तथा उपाध्यक्ष लाई तालिम दिन लागिएको मन्त्रालय स्रोतले जनाएको छ।

जेठ २५ गतेदेखि तालिम सुरू हुनेछ। प्रदेश नम्बर १ र सुदूरपश्चिम प्रदेशमा जेठ २५ र २६ गते तालिम गर्न लागिएको छ।

मधेश प्रदेश, गण्डकी र कर्णालीमा जेठ २७ र २८ तथा बागमती र लुम्बिनी प्रदेशमा जेठ ३० र ३१ मा जनप्रतिनिधिलाई तालिम दिने सरकारको तयारी छ।

यसैबीच राजनीतिक दलहरूले पनि आफ्ना पार्टीबाट उम्मेदवार भई निर्वाचित भएका जनप्रतिनिधिलाई अभिमुखीकरण गर्ने भएका छन्। नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले जनप्रतिनिधिलाई प्रशिक्षण दिने तयारी गरेका छन्।

कांग्रेसले आफ्ना पार्टीबाट जितेका हरेक जनप्रतिनिधिको वर्षदिनमा मूल्यांकन गरिनेसमेत बताउँदै आएको छ।

प्रकाशित मिति : २०७९, १५ जेठ आइतबार ००:००  ९ : २३ बजे