२०८२, १७ माघ शुक्रबार | Fri Jan 30 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

लिभरपुललाई हराउँदै रियल म्याड्रिड च्याम्पियन



काठमाडौं।रियल म्याड्रिडले युइएफए च्याम्पियन्स लिगको १४ औं पटक उपाधि जितेको छ।

स्पेनिस क्लब रियल म्याड्रिड यो सिजनको युइएफए च्याम्पियन्स लिगको उपाधि जित्ने क्रममा इंग्लिस क्लब लिभरपुललाई १–० ले हरायो

पेरिसमा शनिबार राति भएको खेलमा रियललाई जिताउन भिनिसियस जुनियरले निर्णायक गोल गरे।

पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा रियल म्याड्रिडका लागि खेलको ५९ औं मिनेटमा जुनियरले फेडे भाल्भेर्डेको पासमा गोल गरेका थिए।

अत्यन्त प्रतिस्पर्धात्मक र रोमाञ्चक खेलमा दुबै टोलीले केही राम्रा अवसर खेर फाल्दा गोल गर्ने मौका गुमाए।

यो सँगै रियलले कीर्तिमानी १४औं पटक उपाधि जित्न सफल भयो। पछिल्लो ९ सिजनमा रियलले पाँचौं पटक च्याम्पियन्स लिग उपाधि जितेको हो।

१७ पटक फाइनल खेलेको रियलले ३ पटक पराजय व्यहोरेको छ।

प्रकाशित मिति : २०७९, १५ जेठ आइतबार ००:००  ११ : ०१ बजे