२०८२, २९ मंसिर आइतबार | Sun Dec 14 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मेयर बालन साहको पहिलो निर्णय नगरसभाको बैठक लाइभ



काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले नगरसभाको बैठक लाइभ गर्ने निर्णय गरेका छन् । मेयर पदको सपथ लिएपछि पदभार ग्रहण गरेका साहले आफ्नो प्रतिवद्धताअनुसार निर्णय गरेका हुन् ।

नगरसभाको पहिलो बैठक सोमबार ४ बजे बोलाइएको छ । बैठकको प्रत्यक्ष प्रशारण गर्ने साहले बताए ।

साथै काठमाडौंको फोहोर व्यवस्था नभएसम्म खादा–माला नलगाउने र खुसी नमनाउने उनले बताएका छन् । फोहोर व्यवस्थापन आफ्नो प्राथमिकता भएको भन्दै उनले भने, ‘हामीले गरेको पापको भोगी उहाँहरु हुनु भएको छ । हाम्रो फोहोरले गर्दा सिसडोलवासी क्यान्सर पीडित हुनु भएको छ, छालाको रोग भएको छ । त्यत्रो मान्छे मरिरहनु भएको छ । यो शोक मनाउने बेला हो ।’

उनले अघि भने, ‘फोहोर व्यवस्थापन नभएसम्म, सिसडोलवासी स्वच्छ वातावरणमा बस्ने वातावरण नभएसम्म, बाँच्न पाउने अधिकार नभएसम्म अरु नगर्ने भनेका छौं ।’
यसका लागि समय कति लाग्ला भन्ने प्रश्नमा उनले प्रतिप्रश्न गरे, ‘पत्रकारहरले हाम्रो कुरा बुझ्न कति लाग्ला?’

प्रकाशित मिति : २०७९, १६ जेठ सोमबार ००:००  १ : २९ बजे