२०८२, १ पुस मंगलबार | Tue Dec 16 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बाघको आक्रमणबाट चितवनको राप्तीमा एक महिलाको मृत्यु



काठमाडौं। चितवनको राप्ती नगरपालिकामा बाघको आक्रमणबाट सोमवार दिउँसो एक जनाको मृत्यु भएको छ ।

राप्ती नगरपालिका वडा नं। १ मा चितवन राष्ट्रिय निकुञ्ज भित्र घाँस काट्न गएकी सोही ठाँउ बस्ने ५५ बर्षकी सोतीमाया तामाङलाई बाघले आक्रमण गर्दा उनको घटनास्थलमा नै मृत्यु भएको प्रहरी प्रवक्ता डीएसपी नरहरी अधिकारीले जनाएका छन् ।

घटना लगत्तै अस्थायी प्रहरी पोष्ट लोथर र ईलाका प्रहरी कार्यालय भण्डाराबाट गएको प्रहरी टोलीले शब जाँच गरी मुचुल्का तयार गरेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

प्रकाशित मिति : २०७९, १६ जेठ सोमबार ००:००  ५ : २० बजे