२०८१, १९ पुस शुक्रबार | Fri Jan 3 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

डा.बाबुराम भट्टराईले भने ( गठबन्धन सरकारको बजेटमा गोरखा शब्द सुनिएन



काठमाडौं।पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टी, नेपालका संघीय परिषद अध्यक्ष डा.बाबुराम भट्टराईले वर्तमान गठबन्धन सरकारले पनि गोरखा जिल्लालाई बेवास्ता गरेको आरोप लगाएका छन् ।

अर्थमन्त्री जनार्दन शर्माले आइतबार संसदमा प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०७९र८० को बजेटमा गोरखा जिल्लामा ठूलो बजेट नपरेपछि उनले त्यस्तो आरोप लगाएका हुन् ।

‘नेकपा सरकारले ४ वर्षसम्म गोरखामा कुनै नयाँ योजना वा ठूलो बजेट राखेन । अहिलेको गठबन्धन सरकारको बजेट भाषणमा पनि गोरखा शब्द सुनिएन डा. भट्टराईले सामाजिक सञ्जाल ट्वीटरमा लेखेका छन् । आफूले गोरखाको विकासको लागि जति कराए पनि सरकारले नसुनेको उनले बताएका छन् ।

‘वेनीघाट–आरूघाट–लार्के सडक, पालुंगटार एयरपोर्ट, ऐतिहासिक–धार्मिक पर्यटन सर्किट, औद्योगिक क्षेत्र, जडीबुटी केन्द्र, कृषि परियोजना, शैक्षिक केन्द्र आदिबारे कराइयो १ खै रु,’ उनले भनेका छन् ।

प्रकाशित मिति : २०७९, १६ जेठ सोमबार ००:००  ५ : ३० बजे