२०८२, १७ चैत्र मंगलबार | Tue Mar 31 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

काठमाडौं १५ का अध्यक्ष डंगोलले भने( फोहोर व्यवस्थापन नहुन्जेल बैठक भत्ता लिन्नँ



काठमाडौं।काठमाडौं महानगरपालिका वडा नम्बर १५ का अध्यक्ष ईश्वरमान डंगोलले फोहोर व्यवस्थापन नहुन्जेल आफूले बैठक भत्ता नलिने बताएका छन्।

काठमाडौंका नवनिर्वाचित मेयर बालेन शाहले आज राखेको नगर कार्यपालिका बैठकमा बोल्दै वडाध्यक्ष डंगोलले बैठक भत्ता नलिने बताए।

‘फोहोर व्यवस्थापन नभइरहेको अवस्थामा यो बैठकको भत्ता म लिन्नँ,’ उनले भने, ‘यो नोट गर्नुहोला। फोहोर व्यवस्थापन नभएको कारण म बैठक भत्ता लिन्नँ। पछि बैंक खातामा भत्ता भनेर नपठाउनुहोला।’

डंगोल वडा नम्बर १५ मा यसपालि तेस्रोपटक अध्यक्ष निर्वाचित भएका हुन्। उनी नेकपा एकीकृत समाजवादीबाट उम्मेदवार भई वडाध्यक्ष भएका थिए।

उनले फोहोर व्यवस्थापनमा महानगरले जोड दिनुपर्ने बताए। कुहिने र नकुहिने फोहोरको बेग्लाबेग्लै व्यवस्थापन पहिलेदेखि गर्दै आए पनि फोहोर व्यवस्थापन गर्न नसकिएकोले नयाँ ढंगले सोच्नुपर्ने बेला आएको उनको भनाइ छ।

प्रकाशित मिति : २०७९, १६ जेठ सोमबार ००:००  ५ : ३५ बजे