२०८१, १८ पुस बिहीबार | Thu Jan 2 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बजेटमाथि आजदेखि छलफल हुँदै, प्रमुख प्रतिपक्षीले भण्डाफोर गर्ने



काठमाडौं। सरकारले संदनमा प्रस्तुत गरेको आर्थिक वर्ष २०७९र०८० को बजेटमाथि आजदेखि छलफल सुरू हुँदैछ।

अर्थमन्त्री जनार्दन शर्माले आइतबार संसदमा बजेट प्रस्तुत गरेका थिए। प्रस्तुत बजेट वक्तव्यमाथि छलफल गर्न आज बिहान ११ बजे प्रतिनिधिसभा बैठक बस्दैछ।

संघीय संसद सचिवालयले बैठकको सम्भावित कार्यसूची सार्वजनिक गरिसकेको छ।

सम्भावित कार्यसूचीमा दुई वटा एजेण्डा राखिएको छ। पहिलो एजेण्डामा अर्थमन्त्री जनार्दन शर्माले आर्थिक वर्ष २०७९र०८० को राजश्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल प्रारम्भ गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने उल्लेख छ।

त्यसैगरी दोस्रो एजेण्डामा आर्थिक वर्ष २०७९र०८० को राजश्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल प्रारम्भ हुने संसद सचिवालयका महासचिव डा। भरतराज गौतमले जानकारी दिएका छन्।

बजेटमाथिको छलफल तीन दिनसम्म चल्ने सभामुख अग्निप्रसाद सापकोटाले आइतबारको दोस्रो बैठकमा जानकारी गराएका थिए। छलफलमा दलीय आधारमा भाग दिन संसदीय दलले एक घण्टा नाम टिपाउन सापकोटाले सूचित गरेका थिए।

प्रतिपक्षीले भण्डाफोर गर्ने
यसैबीच सदनमा प्रस्तुत बजेटको प्रतिपक्षी नेकपा एमालेले भण्डाफोर गर्ने भएको छ। सोमबार बसेको संसदीय दलको बैठकमा नेकपा ९एमाले०का अध्यक्ष एवम् पार्टी संसदीय दलका नेता केपी शर्मा ओलीले सरकारले अनुचित ढंगले आगामी आर्थिक वर्षको बजेट ल्याएको उल्लेख गर्दै त्यसलाई जनताको बीचमा भण्डाफोर गरेर लैजान पार्टीका सांसदहरुलाई निर्देशन दिएका थिए।

सोमबार संसद भवन नयाँ बानेश्वरमा बसेको पार्टी संसदीय दलको बैठकमा बोल्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओलीले बजेट अनुचित, विना सिद्धान्त र प्राथमिकताको आधारमा आएको भन्दै त्यसको झण्डाफोर हुने गरी जनताको बीचमा लैजान पार्टीका सांसदहरुलाई निर्देशन दिएका हुन्।

बजेट अनुचित ढंगले, विनासिद्धान्त र प्राथमिकताका आधारमा आएकाले त्यसको भण्डाफोर गरेर अघि बढ्न पार्टीका अध्यक्ष ओलीले निर्देशन दिएको प्रमुख सचेतक विशाल भट्टराईले जानकारी दिए। ‘अध्यक्षले बजेट अनुचित ढंगले आएको, सिद्धान्तहिन र प्राथमिकताविहीन ढंगले आएकाले त्यसलाई भण्डाफोर गर्न पार्टीका सांसदलाई निर्देशन दिनु भएको छ,’ उनले भने।

बैठकले सरकारले ल्याएको बजेट विशुद्ध चुनावमा भोट माग्ने किसिमले आएको, मुलुकको अर्थतन्त्रको यथार्थलाई सम्बोधन गर्न नचाहेको हावादारी रहेको निष्कर्ष समेत निकालेको छ।

बैठकमा अध्यक्ष ओली, पूर्व अर्थमन्त्रीहरु विष्णु पौडेल, सुरेन्द्र पाण्डे, डा। युवराज खतिवडाले बजेटबारे सांसदलाई प्रशिक्षण दिएका थिए। त्यसैगरी पार्टी निकट बौद्धिक व्यक्तित्वहरु राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष डा। पुष्पराज कँडेल, योजना आयोगकै पूर्व सदस्य डा। दिनेशचन्द्र देवकोटाले पनि बजेटबारे आफ्नो धारणा राखेका थिए।

प्रकाशित मिति : २०७९, १७ जेठ मंगलबार ००:००  १० : ५४ बजे