२०८२, ३१ असार मंगलबार | Tue Jul 15 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कैलालीमा श्रीमान्,श्रीमती मृत फेला



काठमाडौं। कैलालीमा श्रीमान् र श्रीमती मृत अवस्थामा फेला परेका छन् ।

जिल्लाको गोदावरी नगरपालिका–७ बस्ने ६५ वर्षीय हेमबहादुर ऐर र उनकी श्रीमती ५४ वर्षीया पद्मा ऐर मृत फेला परेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक डिएसपी वेदप्रकाश जोशीले हेमबहादुर घर नजिकै रूखमा झुन्डिएको र उनकी श्रीमती घरभित्र धारिलो हतियारले घाँटी रेटेको अवस्थामा मृत फेला परेको जानकारी दिए ।

प्रहरीकाअनुसार शव परीक्षणका लागि सेती प्रादेशिक अस्पतालमा राखिएको छ ।

प्रकाशित मिति : २०७९, १७ जेठ मंगलबार ००:००  ११ : २९ बजे