२०८२, १७ चैत्र मंगलबार | Tue Mar 31 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अभिनेत्रीमाथि दुर्व्यवहारको आरोपमा पक्राउ परेका युवकलाई रिहा गर्न माग गर्दै प्रदर्शन



काठमाडौं । ‘कबड्डी ४’की नायिका मिरुना मगरलाई दुर्व्यवहार गरेको आरोपमा पक्राउ परेका एक बौद्ध भिक्षुलाई रिहाइ गर्न माग गर्दै प्रदर्शन चर्किएको छ । मंगलबार बिहान युवाको एक समूहले चावहिलस्थित केएल टावर अगाडि प्रदर्शन गर्दै फिल्म ‘कबड्डी ४’विरुद्ध समेत नाराबाजी गरेका छन् ।

उनीहरुले फिल्मको पोस्टर समेत जलाए । मुगु स्थायी घर भएका फुर्वा लामा नामक एक बौद्ध भिक्षुले सुन्धारास्थित सिभिल मलको एक कफी सपमा आफूविरुद्ध दुर्व्यवहार गरेको भन्दै अभिनेत्री मगरले प्रहरीमा उजुरी दिएकी थिइन् ।

उनको उजुरीपछि प्रहरीले लामालाई पक्राउ गरेको हो । पक्राउको विरोधमा कर्णालीका बासिन्दा र लामा समुदायले मंगलबार दिउँसो २ बजे माइतीघर मण्डलामा विरोध प्रदर्शन गर्ने र प्रशासनमा उजुरी दिने कार्यक्रम थियो । तर कार्यक्रम स्थगित भएको छ ।

फिल्मविरुद्ध नै प्रदर्शन चर्किने संकेत पाएपछि मंगलबार बिहान ‘कबड्डी ४’का निर्माता र निर्देशकले बौद्ध गुम्बाका केही लामा अगुवासँग वार्ता गरेको जनाइएको छ ।

निर्देशक रामबाबु गुरुङले बिहानैदेखि तामाङ समुदायका विभिन्न संघसंस्थासँग छलफल सुरु भएको जनाएका छन् । आफूहरु मेलमिलापतर्फ अघि बढ्ने समेत गुरुङले बताए । तामाङ घेदुङ र बौद्ध समाजसँग आफूहरु छलफलमा रहेको उनले जनाए ।

सोमबार ‘कबड्डी ४’का लागि सिनेमा हल पुगेकी अभिनेत्री मगरलाई ती युवाले तीनपटक पछाडिबाट नियोजित ढंगले छोएर दुर्व्यवहार गरेको आरोप छ ।

प्रकाशित मिति : २०७९, १७ जेठ मंगलबार ००:००  १२ : ३७ बजे