२०८२, २५ माघ शनिबार | Sat Feb 7 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अभिनेत्रीमाथि दुर्व्यवहारको आरोपमा पक्राउ परेका लामा रिहा



काठमाडौं । अभिनेत्री मिरुना मगरलाई दुर्व्यवहार गरेको आरोपमा पक्राउ परेका फुर्वा लामा धरौटीमा रिहा भएका छन् ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंको आदेशमा बौद्ध भिक्षु समेत रहेका मुगुका लामालाई मंगलबार तीन हजार रुपैयाँ धरौटीमा रिहा गरेको महानगरीय प्रहरी परिसर काठमाडौंका एसपी दिनेशराज मैनालीले जानकारी दिए ।

लामाले काठमाडौं सुन्धारास्थित सिभिल मलको कफी सपमा आफूमाथि दुर्व्यवहार गरेको भन्दै ‘कबड्डी ४’ फिल्मकी नायिका समेत रहेकी मगरले प्रहरीमा उजुरी दिएकी थिइन् ।

उजुरीपछि लामालाई पक्राउ गरी जनसेवा प्रहरी वृत्तमा राखिएको थियो ।

प्रकाशित मिति : २०७९, १७ जेठ मंगलबार ००:००  २ : ५८ बजे