२०८२, २५ माघ शनिबार | Sat Feb 7 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मौसम सफा नभए आन्तरिक उडान गर्न नपाउने क्यानको निर्णय



आइएफआर जडान भएका विमानले भने उडान अनुमति पाउने

काठमाडौं। नेपाल नागरिक उड्डयन प्राधिकरण ९क्यान०ले मौसम सफा नभई आन्तरिक उडानका लागि अनुमति नदिने भएको छ । प्राधिकरणले तारा एअरको विमान दुर्घटना भएसँगै उड्ने र पुग्ने स्थानको मौसम सफा नभएसँगै उडान अनुमति नदिने निर्णय गरेको हो ।

नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता उपमहानिर्देशक देवचन्द्र लाल कर्णका अनुसार तारा एअरको विमान दुर्घटनालगत्तै क्यानले इनरुटको मौसम सफा नभएपनि उडानको अनुमति नदिने निर्णय गरेको हो । इनरुट भन्नाले विमान उड्ने स्थान, विमान पुग्ने स्थान र उडानको बाटोसमेतलाई जनाउँछ । ती सबै स्थानको मौसम सफा नभएसम्म उडानको अनुमति नदिइने निर्णय भएको प्राधिकरणले जनाएको छ ।

प्राधिकरणका प्रवक्ता कर्णले भने, ‘अब हामीले इनरुट मौसम पनि सफा नभएको अवस्थामा उडानको अनुमति नदिने निर्णय गरेका छौँ । पहिले विमान उड्ने विमानस्थल र विमान पुग्ने विमानस्थलको मौसम सफा भएमा हामीले उडान अनुमति दिने गरेका थियौँ तर अब इनरुट मौसम पनि सफा हुनुपर्ने निर्णय गरेका छौँ । यसले हवाई दुर्घटना कम गर्न मद्दत गर्नेछ ।’

प्रवक्ता कर्णका अनुसार यस्तो निर्णय भिएफआर भिजुअल फ्लाइट रुल्स०बाट उडान गर्ने विमान र विमानस्थलका लागि मात्रै लागु हुनेछ । उड्डयन क्षेत्रमा भिएफआर भन्नाले आँखाले हेरेर र विमान उडाउने र ल्याण्ड गर्ने विधि भन्ने बुझिन्छ । तर आईएफआर इन्स्ट्रुमेण्ट फ्ल्याइट रुल्स० विधि जडान भएको विमान र विमानस्थलमा भने यो नियम लागु हुने छैन ।

प्रवक्ता कर्णले रातोपाटीसँग भने, ‘यो नियम भिएफआर विधिबाट उडान भर्ने विमान कम्पनी, विमानस्थलमा मात्रै लागु हुनेछ । आइएफआर सिस्टम जडान भएको विमान र विमानस्थललाई यो नियम लागु हुने छैन । तर त्यसका लागि पहिले विमानमा आइएफआर हुनुप¥यो,

विमानस्थलमा पनि आइएफआर हुनुप¥यो र विमानचालक यो सिस्टम चलाउन ट्रेण्ड हुनुप¥यो । त्यस अवस्थामा उनीहरुले इनरुट मौसम सफा नभएपनि उडान अनुमति पाउनेछन् । नत्र भने उनीहरु उड्ने स्थान, पुग्ने स्थान र जाने बाटोको पनि मौसम सफा भएको यकिन भएपछि मात्रै एटीसीले उडान अनुमति दिनेछन् । सफा नभएको अवस्थामा उडानको अनुमति पाउने छैनन् ।

प्रकाशित मिति : २०७९, १७ जेठ मंगलबार ००:००  ४ : ४४ बजे