२०८२, १७ चैत्र मंगलबार | Tue Mar 31 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

दुर्घटना क्षेत्रबाट टिचिङ ल्याइयो बाँकी शव



काठमाडौं।मुस्ताङको थासाङ गाउँपालिका वडा नम्बर २ सानुसरेमा दुर्घटनाग्रस्त भएको तारा एयरको जहाजमा परेर निधन भएकाको बाँकी शव ल्याइएको छ।

दुर्घटनास्थलमा रहेका दुई र कोवाङमा रहेका १० गरी १२ शवलाई आज हेलिकप्टरमार्फत् काठमाडौंको त्रिभुवन विमानस्थल ल्याइएको हो। त्यसपछि शव पोस्टमर्टमका लागि महाराजगन्जस्थित शिक्षण अस्पताल ल्याइएको हो।

दुर्घटनास्थलमा शव खोजीका लागि नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरी परिचालन गरिएका थिए।

आइतबार पोखराबाट मुस्ताङतर्फ जाँदै गरेको तारा एयरको जहाज दुर्घटनामा चालक दलका सदस्यसहित २२ जना परेका थिए। आइतबारदेखि सम्पर्कविहीन जहाज सोमबार बिहानमात्रै फेला परेको थियो।

सोमबार काठमाडौं ल्याएका १० शव पोष्टमर्टमको लागि टिचिङ अस्पताल लगिएको थियो। शवहरू पोष्टमर्टम गरेपछि परिवारजन तथा आफन्तको जिम्मा लगाउने तयारी छ।

प्रकाशित मिति : २०७९, १७ जेठ मंगलबार ००:००  ४ : ५१ बजे