२०८१, ३० कार्तिक शुक्रबार | Fri Nov 15 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

निर्माणाधीन सडकमा पहिरो जाँदा २ मजदुर पुरिए



काठमाडौं। चैनपुर नगरपालिका–१, संखुवासभामा सुख्खा पहिरोले दुई जना पुरिएका छन् ।

नुनढाकी सडकखण्ड निर्माणका क्रममा पहिरो खस्दा दुई जना मजदुर पुरिएको जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रमुख डीएसपी लालध्वज सुवेदीले अनलाइनखबरलाई बताए ।

प्रहरीका अनुसार सडकमा पर्खाल लगाउने क्रममा पहिरो जाँदा कामदार रामकुमार राई र हेमराज मगर पहिरोमा पुरिएका छन् ।

स्काभेटरको प्रयोगबाट उनीहरुलाई निकाल्ने प्रयास भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०७९, १८ जेठ बुधबार ००:००  २ : १२ बजे