२०८२, ६ श्रावण सोमबार | Mon Jul 21 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

भारतमा २४ घण्टामा ३७१२ जनामा कोरोना संक्रमण पुष्टि



काठमाडौं । भारतमा पछिल्लो २४ घण्टामा ३ हजार ७०० भन्दा बढीमा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयले आज बिहान सार्वजनिक गरेको नयाँ तथ्यांकमा कोरोनाबाट २४ घण्टामा ३ हजार ७१२ जनामा संक्रमण पुष्टि भएको उल्लेख छ । यो अघिल्लो पटकको तथ्यांकभन्दा ९६७ जनाले धेरै हो ।

भारतको स्वास्थ्य मन्त्रालयका अनुसार भारतमा कोरोनाबाट सक्रिय संक्रमितको संख्या बढेर १९ हजार ५०९ पुगेको छ ।

भारतमा हालसम्म कोरोनाका ४ करोड २६ लाख ३९४ जना बिरामी ठिक भइसकेका छन् । दैनिक संक्रमण दर पनि ०।८४ प्रतिशत पुगेको छ ।

प्रकाशित मिति : २०७९, १९ जेठ बिहीबार ००:००  ११ : २७ बजे