२०८१, १८ पुस बिहीबार | Fri Jan 3 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपालगञ्जमा प्रहरी र पूर्वराजा वीरेन्द्रको सालिक राख्न आएकाबीच झडप, स्थिति तनावग्रस्त



काठमाडौं। नेपालगञ्जको वीरेन्द्रचोकमा शुक्रबार बिहान राष्ट्रिय प्रजातन्त्र पार्टीका कार्यकर्ताले राखेको पूर्वराजा विरेन्द्रको शालिक प्रहरीले हटाएपछि झडप भएको छ।

बिगतमा पनि नेपालगन्जको पुरानो वीरेन्द्रचोक र अहिलेको धम्बोजी चोकमा राजा विरेन्द्रको शालिक राख्ने क्रममा त्यहाँ विवाद भएको थियो।

‘बिहान सुटुक्क राप्रपाका केही नेता कार्यकर्ताले राजा विरेन्द्रको शालिक राखेको खबरपछि प्रहरी पुगेर त्यो शालिक हटाएको हो,’ बाँकेका प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीले भने, ‘त्यसक्रममा केहीबेर स्थिति तनाबपूर्ण बन्दा प्रहरीले केही राउन्ड हवाइ फायरसमेत गरेको थियो।’

अहिले स्थिति सामान्य रहेको खत्रीले जानकारी दिए।

‘यहाँ पृथ्वीनारायणको शालिक पनि विगतमा सहमतिमा राखिएको थियो,’ खत्रीले भने, ‘त्यस्तै सहमति गरी राजा विरेन्द्रको शालिक राखेको भए पनि हुनेमा त्यसो नगर्दा अर्कौ खतरा हुने आशंकाले हटाउनु परेको हो।’

राप्रपका कार्यकर्ताले शालिक राखे लगतै अरू राजनीतिक दल तथा समुदायका मानिसले तिब्र विरोध जनाउन थालेपछि प्रहरीले राजा विरेन्द्रको शालिक राखेको केही बेरमै हटाउन खोज्दा विवाद बढेको उनले बताए।

राप्रपाका कार्यकर्ताले त्यसक्रममा प्रहरीमाथि ढुंगामुढा गरेपछि त्यसलाई रोक्न झन्डै ४ राउन्ड जति हवाई फायर गरेको प्रजिअ खत्रीले बताए।

राप्रपाका कार्यकर्ताको ढुंगा प्रहारबाट केही प्रहरीसमेत घाइते भएका छन्।

ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ। अहिले धम्बोजी चोक क्षेत्रलाई प्रहरीको आफ्नो नियन्त्रणमा राखेको छ। स्थिति नियन्त्रणमा लिन सशस्त्र प्रहरीसमेत परिचालन गरिएको जिल्ला प्रशासन कार्यालय बाँकेले जनाएको छ।

प्रकाशित मिति : २०७९, १९ जेठ बिहीबार ००:००  ११ : ४९ बजे