२०८२, ३१ असार मंगलबार | Tue Jul 15 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

त्रिवि केन्द्रीय कार्यालय कीर्तिपुरमा नेविसंघले पुनः लगायो ताला



काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघको एउटा समूहले त्रिभुवन विश्वविद्यालयको केन्द्रीय कार्यालय कीर्तिपुरमा पुनः ताला लगाएको छ । ताला लगाउँदै त्रिवि पदाधिकारीले यसअघि लगाइएको ताला तोड्न लगाएको आरोप लगाएका छन् ।

उनीहरुले जारी गरेको विज्ञप्तिमा भनेका छन्, ‘विश्वविद्यालय पदाधिकारीबाट वार्ता र संवादको ढोका बन्द गरी लाखौं रुपैयाँ घुसपैठ गरी नेपाल कम्युनिष्ट पार्टी क्रान्तीकारी मध्ये केन्द्रीय कमाण्डको लेटर प्याडमा इन्चार्ज सफलको हस्ताक्षरसहित नक्कली विज्ञप्ति टाँस गरी नेविसंघले लगाएका ताला फुटाउने कु(चेष्टा गर्नु आफैमा खेदजनक छ ।’

उनीहरुले केन्द्रीय कार्यलयमा तालाबन्दी यथावत रहेको जानकारी दिँदै अन्यथा नेविसंघ सशत्तः प्रतिकारमा उत्रने र उत्पन्न परिस्थितिको जिम्मेवारी उपकुलपति कार्यलय हुने चेतावनी दिएका छन् ।

माघ ७ गते र आंशिक प्राध्यापक संघर्ष समितिले माघ २२ लगाएको ताला बुधबार नेपाल कम्प्युनिस्ट पार्टी क्रान्तिकारी का कार्यकर्ताले तोडेका थिए । ‘मध्य केन्द्रीय कमाण्ड’ का इन्चार्ज सफलले ताला तोडेको टाँस गरिएको विज्ञप्तिमा उल्लेख गरेका थिए ।

हेर्नुस् विज्ञप्ति

Nebisangha-Release.jpg (900×1283)

प्रकाशित मिति : २०७९, १९ जेठ बिहीबार ००:००  १ : ४६ बजे