२०८३, ९ असार मंगलबार | Tue Jun 23 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

उत्पादन बढेपछि भारततर्फ बिजुली निर्यात सुरू



काठमाडौं।नेपाल विद्युत प्राधिकरणले छिमेकी मुलुक भारततर्फ बिजुली निर्यात सुरू गरेको छ । नेपालले आजदेखि भारतमा बिजुली निर्यात सुरू गरेको प्राधिकरणका प्रवक्ता सुरेश भट्टराईले रातोपाटीलाई जानकारी दिए । उनकाअनुसार, आन्तरिक उत्पादनले माग धान्दै बढी हुन थालेपछि निर्यात सुरू गरिएको हो ।

हाल नेपालको उत्पादन बढेर १३०० मेगावाटसम्म पुगेको छ । पछिल्लो समय निरन्तर वर्षा भएपछि नेपालको उत्पादन बढेको प्राधिकरणले जनाएको छ ।

प्राधिकरणले त्रिशुली र देवीघाट जलविद्युत आयोजनाबाट उत्पादित ३७।७ मेगावाट बिजुली निर्यात सुरू गरेको हो । यसअघि, गत वर्षको मंसिर २४ गतेसम्म ३९ मेगावाट बिजुली निर्यात गरिएको थियो । त्यसपछि आन्तरिक उत्पादन घट्दा तीन महिना भारतबाट बिजुली आयात गरिएको थियो ।

प्रकाशित मिति : २०७९, १९ जेष्ठ बिहिबार ००:००  १ : २७ बजे