२०८२, १७ चैत्र मंगलबार | Tue Mar 31 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

निर्मला हत्याकाण्डको अनुसन्धान मेरो प्राथमिकतामा आईजीपी सिंह



काठमाडौं।प्रहरी महानिरीक्षक आईजीपी धिरजप्रताप सिंहले निर्मला हत्या प्रकरणको अनुसन्धान आफ्नो प्राथमिकतामा रहेको बताएका छन् । उनले आफ्नो कार्यकालमा निर्मला प्रकरणलाई टुंगोमा पुर्याउन प्रयास गरिने पनि बताए ।

आईजीपीको कार्यभार सम्हालेको एक महिना पुगेको अवसरमा बिहीबार प्रहरी प्रधान कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा उनले निर्मला हत्याकाण्डमा आरोपीमाथि अनुसन्धान जारी रहेको बताए ।

कञ्चनपुरकी निर्मला पन्तको बलात्कारपछि हत्या भएको घटनामा संलग्न अभियुक्तलाई अहिलेसम्म पनि प्रहरीले पक्राउ गर्न सकेको छैन ।

सिंहले गलत काम गर्ने प्रहरीमाथि कारबाही सुरु गरिएको भन्दै बढुवाको हकमा मेरिट बेसमा गरिने पनि बताए । ‘तलबाट टपक्क टिपेर कसलाई पनि ल्याइँदैन । ब्याचमा बेस्ट भएका अगाडि आउँछन्’, उनले भने, ‘सोर्सफोर्सले बढुव हुँदैन । शक्तिकेन्द्र धाउनेको रेकर्ड राखिन्छ ।’

प्रकाशित मिति : २०७९, १९ जेठ बिहीबार ००:००  ३ : ५५ बजे