२०८२, १७ चैत्र मंगलबार | Tue Mar 31 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

एकै परिवारका सात जनाको अन्त्येष्टि, झलनाथले गरे अन्तिम बिदाइ



काठमाडौं। तारा एयर दुर्घटनामा ज्यान गुमाएका एकै परिवारका सात जनाको बिहीबार अन्तिम संस्कार गरिएको छ । गत आइतबार पोखराबाट जोमसोम जाने क्रममा सो विमान दुर्घटना भएको थियो ।

दुर्घटनामा धनुषाका मकरबहादुर तामाङ, सुकुमाया तामाङ, राजन गोले, इन्द्रबहादुर गोले, राममाया गोले, पुरुषोत्तम गोले र तुलसादेवी तामाङको मृत्यु भएको थियो ।

शवको पोस्टमार्टम सकिएपछि बिहीबार टिचिङ अस्पतालबाट आफन्तलाई शव हस्तान्तरण गरिएको थियो । शव हस्तान्तरण गरेलगत्तै मृतकको अन्तिम संस्कार गरिएको हो ।

स्वयम्भूमा गरिएको अन्तिम संस्कारमा नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल पुगेर पार्टीको धनुषा जिल्ला कमिटीका सदस्य रहेका राजन गोलेको शवमा पार्टीको झण्डा ओढाएर अन्तिम बिदाइ गरेका थिए ।

प्रकाशित मिति : २०७९, १९ जेठ बिहीबार ००:००  ४ : १० बजे